बेहुलाले गणित नजान्दा विवाह नै तोडियो



नयाँदिल्ली, (एजेन्सी)

एकजना भारतीय दुलहीले आफुले दुलहालाई सोधेको सामान्य गणितीय प्रश्नको समेत हल गर्न नसकेको भन्दै विवाह मण्डपबाटै उठेर हिँडेको उत्तर प्रदेश प्रहरीले जनाएको छ । दुलहीले आफ्नो हुनेवाला पतिलाई १५ र ६ जोड्दा कति हुन्छ भनेर सोधेकी थिइन् । तर बिचरोले १७ ’ भन्ने जवाफ फर्काएपछि ति युवतीले विवाह अस्वीकार गरेकी थिइन् ।

दुलहा पक्षको परिवारले उनलाई मनाउन धेरै कोसिस गरेको थियो । तर उनले अशिक्षित व्यक्तिसँग विवाह नगर्ने अडान भन्दै अडान राखेकी थिइन् । स्थानीय प्रहरीले आफूहरुले दुई परिवारबीच मध्यस्थता गरेर विवाह हुनु अघि नै दिइएका सम्पूर्ण गहना तथा उपहारहरु फिर्ता गराइदिएको जनाएको छ । भारतमा प्रायः विवाह दुई परिवारले आपसी समझदारीमा तय गर्ने गर्दछन् । जसले गर्दा दुलहा दुलहीले विवाह अघि एकले अर्कालाई बुझ्ने मौका नै पाउँदैनन् ।

रसूलावाद गाउँका एक प्रहरी अधिकृतले स्थानीय वासिन्दा मोहर सिंहले आफ्नी छोरी लभ्लीको विवाह राम वरण नामक युवकसँग तय गरेको र विश्वस हुनै लाग्दा यस्तो अप्रिय घटना घटेकोबीबीसी हिन्दीलाई बताएका छन् । मेहर सिंहले पनि केटा पक्षको परिवारले आफूहरुलाई हुनेवाला ज्वाईँ अशिक्षित रहेको सत्य लुकाएको आरोप लगाएका छन् ।

उनले रामले एक कक्षाको बच्चाले दिन सक्ने सामान्य उत्तर समेत दिन नसेको गुनासो गरेका छन् । गत महिना पनि उत्तर प्रदेशमै विवाहको मण्डपमै दुलहा छारे रोगको कारण ढलेर बेहोश भएपछि दुलहीले त्यहाँ उपस्थित एकजना अतिथिसँग विवाह गरेकी थिइन् । त्यसबेला पनि दुलही पक्षले आफूहरुलाई दुलहाको रोगबारे गुमराहमा राखिएको आरोप लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्