कोरोना संक्रमणबाट वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन



न्युज अफ नेपाल, काठमाडौं।

कोरोना भाइरसको संक्रमणबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेको निधन भएको छ । कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा बिहीबार साँझ ६ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका गैरे नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्