सिन्धुलीमा खोलाले बगाएर एक पुरुषको मृत्यु



बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीमा खोलाले बगाएर एकको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका २ घमण्डे खरघारी स्थित मरिण खोलाले बगाएर स्थानिय एक पुरुषको मृत्यु भएको छ । बुधबार दिउँसो एक बजेको समयमा माछा मार्ने क्रममा कमलामाई नगरपालिका २ कुसुमटारका ६० वर्षीय टिका बहादुर सुनुवारको खोलाले बगाएर मृत्यु भएको हो ।

माछा मार्न गएका सुनुवार राती नफकिए पछि उहाँको परिवारले खोजी गर्दा विहिबार विहान ६ बजे घमण्डे खरघारी स्थित मरिण खोलामा ढुङ्गाले अल्झाई घोपटो परेको अवस्थामा सुनुवारको लास फेला परेको स्थानियले बताएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता मनोज लामाले बताउनु भयो । मृत सुनुवारको लासलाई पोष्टमार्टको लागि सिन्धुली अस्पताल ल्याईएको प्रवक्ता लामाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्