ईश्वरीको खानदानी छोरी



सञ्चारकर्मी तथा गायिका ईश्वरी बरालको नयाँ गीत खानदानी छोरी हालै म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।उक्त डान्सिङ गीतमा ईश्वरीलाई गायक राजेन्द्र भट्ट (मिस्टर आरजे) ले -यापमा साथ दिएका छन्। गीतमा मिस्टर आरजेको संगीत तथा टुरिस्टजंग विकको शब्द रहेको छ। गीतको म्युजिक भिडियोमा जुम्ल्याहा मोडल दिदीबहिनी

इक्ष्ता तिवारी र दीक्षिता तिवारीको साथमा काजी दर्शनको अभिनय तथा नृत्य रहेको छ भने मिस्टर आरजे र भिडियोको अन्यमा गायिका ईश्वरी बराललाई देख्न सकिन्छ। यसभन्दा अघि पनि ईश्वरीको हरेक रात, नरिसाऊ न होई, लभ पर्न सक्छजस्ता गीतमार्फत श्रोता दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएकी छिन्। पेसाले सञ्चारकर्मी भए पनि गीत गायनमा रुचि भएका कारण बेला­—बेलामा गीत संगीत पस्किरहने ईश्वरीले बताइन्। शान थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्