कलाकर्मी केसीको निधन



काठमाडौं ।

साहित्यकार तथा कलाकार शोभा केसीको निधन भएको छ। उनको मंगलबार डिल्लीबजारस्थित आफ्नै निवासमा निधन भएको हो। उनी एक्लै बस्दै आएकी थिइन्। गीत, कविता, कथा, मुक्तक लेखन तथा अभिनय क्षेत्रमा सक्रिय उनका झस्केर दुख्छ, महशुस, उडी हिँड्ने ए संगी चरी, सन्देश केही लगि देऊ जस्ता गीत लोकप्रिय छन्।

उनले गत वर्ष नेपाललाई माया गरौं बोलको राष्ट्रिय गीत तथा तीजमा दुई बित्ता सारेर र छमछम बजाउँदै चुरा बोलका तीज गीत सार्वजनिक गरेकी थिइन्। उनले केही गीत समेत गाएकी थिइन्। शोभाले ३० नाटक, दुई दर्जन टेलिफिल्म तथा पाँच ठूला पर्दाका फिल्ममा समेत अभिनय गरेकी थिइन्। उनी विभिन्न अवार्डलाई आफ्नो बनाउन पनि सफल भएकी थिइन्। कलाकर्मीहरूले उनको निधनप्रति दुःख प्रकट गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन्। उनको नेपाली सेनाले बिहीबार मात्र पशुपतिमा अन्तिम संस्कार गरेको छ।

प्रतिक्रिया दिनुहोस्