लुम्बिनी प्रदेशको विशेष अधिवेशन वैशाख १९ देखि



न्युज अफ नेपाल काठमाडौं ।

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आगामी वैशाख १९ गते बोलाइएको छ । प्रदेशका सूचना अधिकारी दिनेश अधिकारीका अनुसार विपक्षी दलले दिएको समावेदनको आधारमा यही वैशाख १९ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन बोलाइएको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गर्दै विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष समावेदन गरेका थिए । मुख्यमन्त्री पोखरेलले आफूविरूद्ध अविश्वास प्रताव दर्ता हुने संकेत पाएपछि हिउँदे अधिवेशन चैत २४ गते अन्त्य गरेका थिए । जसपाको साथ लिए कांग्रेस र माओवादीलाई नयाँ सरकार गठन गर्न पर्याप्त हुन्छ । तर, जसपाका ६ सांसदमध्ये अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ४ जना मन्त्री बनेका छन् । प्रदेश सभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्