निषेधाज्ञा उल्लंघन गर्दा तीन जनालाई एक महिना कैद


न्युज अफ नेपाल, बुटवल ।

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले तीन जनालाई एक महिना कैद गरेको छ ।शुक्रबार रुपन्देहीमा नियम उल्लंघन गर्ने तीन जनालाई जिल्ला प्रशासन कार्यालय रुपन्देही एक महिनाका लागि कारागार चलान गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै उनीहरुलाई जेल चलान गरिएको छ । ८ जनालाई नियन्त्रणमा लिएकोमा तीन जनाले भने जरिवानाबापत् ९ हजार एक सय तिर्न नसकेपछि जेल चलान नै गरेको प्रहरीले बताएको छ ।

८ जनाबाट प्रतिव्यक्ति नौँ हजार एक सय रुपैयाँ जरिवाना तिराइएको छ । जरिवाना तिर्न नसक्नेहरुमा रुपन्देही मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।