तस्वीरमा रातो मच्छिन्द्रनाथको महास्नान



न्युज अफ नेपाल, ललितपुर ।

आज ललितपुरमा रातो मच्छिन्द्रनाथको महास्नान गरिएको छ । चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित आमा मायादेवीको मन्दिरमा लगेर महास्नान गर्ने परम्परा रहेको छ ।

मच्छिन्द्रनाथलाई पाटन सुन्धारा, गाःबहाल, हरिसिद्धि आदि स्थानबाट ल्याइएको पूजा सामग्री तथा बुङ्मतीबाट घडामा ल्याएको जलले महास्नान गरिन्छ ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्