धादिङको गजुरीमा दुई हेलिकोप्टर आकस्मिक अवतरण



धादिङ । मौसमका कारण धादिङको गजुरीस्थित बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरेको छ । नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौँ आउँदै गरेका हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण गरिएको हो ।

आकस्मिकरूपमा अवतरण गर्ने हेलिकोप्टरमा मनाङ एयर र अल्टिच्युड कम्पनीका हुन् । काठमाडौँमा भिजिविलिटी कम भएकाले धादिङको गजुरीमा आकस्मिक अवतरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्