कोरोना सङ्क्रमित महिलाको मृत्यु



रुपन्देही । बुटवलको कोरोना विशेष अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । अस्पतालको सघन उपचार कक्षमा उपचाररत अर्घाखाँची सीतागङ्गा नगरपालिका–२ निवासी ७० वर्र्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

कोभिड– १९ पोजेटिभ भएर चैत २९ गतेदेखि कोरोना अस्पतालमा उपचाररत महिलामा दीर्घरोग स्तन क्यान्सर हुनुका साथै ज्वरो निमोनिया र स्वाशप्रश्वासमा समस्या देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो । यसअघि चैत ३० गते एकै दिन तीन सङ्क्रमितको मृत्यु भएको थियो ।

श्यया वृद्धि गरिने

कोभिड–१९ सङ्क्रमण बढ्दै जान थालेपछि दाङमा सघनउपचार केन्द्र र अक्सिजनसहितका श्यया वृद्धि गर्ने निर्णय भएको छ । जिल्ला कोरोना सङ्क्रमण व्यवस्थापन समितिको आज बसेको बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेको पाँच श्ययाको सघनउपचार कक्षलाई स्तरवृद्धि गरी २५ बनाउने निर्णय भएको छ ।

त्यस्तै देउखुरी क्षेत्रका चारवटा पालिकाले अक्सिजनसहितको २५ श्यया र राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा रहेको १७ श्ययालार्ई वृद्धि गरी २५ पु¥याउने निर्णय भएको छ । सिकिस्तलाई सघनउपचार कक्षमा भर्ना गर्ने, अक्सिजन दिनुपर्ने अवस्थाका लागि घोराही तथा लमहीमा राख्ने र सामान्य अवस्थाकालाई घरकै आइसोलेसनमा व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ ।

साथै बेलझुण्डि कोरोना अस्पतालमा अध्ययन गरिरहेका आयुर्वेदका विद्यार्थीका लागि करीब रु ५० लाखको भवन तत्काल बनाउने समेत निणर्य भएको छ । त्यसका लागि घोराही र तुलसीपुर उपमहानगरले रु ११÷११ लाख र अन्य पालिकाहरुले रु सात लाखका दरले रकम उठाएर भवन बनाउने निणर्य भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्