वन्यजन्तु संरक्षणमा सबै जुटौँ : मन्त्री आले



विमल विष्ट, काठमाडौं ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वन्यजन्तु संरक्षणका लागि सबैले एक जुट हुनु पर्ने बताउनु भएको छ । २८ औं बन्यजन्तु सप्ताहको अबसरमा लाङटाङ राष्ट्रिय निकुञ्जको धुन्चे रसुवामा आज बुधबार आयोजित एक कार्यक्रमलाइ सम्बोधन गर्नु हुँदै मन्त्री आलेले नेपालमा रहेका तथा बिश्वको संरक्षित सूचीमा रहेका वन्यजन्तुहरुको उचित संरक्षणका लागि सबै नागरिकले एक जुट हुनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संरक्षित वन्यजन्तु नेपाल र नेपालीका गहना हुन, यिनीहरुको संरक्षणका लागि हामी सबै एक जुट हुनु पर्छ ।”

सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले पछिल्लो समय वन्यजन्तुका बासस्थान फडानी गरी बिनास गरिनुका साथै उनीहरुको चोरी सिकार गर्ने क्रम बढेकाले संरक्षित वन्यजन्तु लोप हुने अर्थात सकिएर जाने अबस्था आएकाले त्यसतर्फ सबैले ध्यान दिएर उक्त कार्य तत्काल रोक्नका लागि लाग्नु पर्ने धारणा राख्नुभयो । “संरक्षित वन्यजन्तुका कारण हामीले पर्यटक भित्रयाउन सकोक छौँ, उनीहरुलाई लोप गराउने बाटो अपनाए कसरी पर्यटक आउन सक्छन्, उहाँले थप भन्नुभयो, “वन्यजन्तुका बासस्थान नास नगरौँ, वन्यजन्तुको उचित संरक्षण गरौँ ।” वन्यजन्तुका बासस्थान मासेर नागरिकले घर बनाउनेदेखि अन्य काम गर्न थालेका कारण अहिले वन्यजन्तु समेत गाउँ घर आउने तथा नोक्सानी गर्ने गरेको मन्त्री आलेको दाबी थियो ।

“हामीले वन्यजन्तुका बासस्थान मासेर आफुले उपभोग गर्न थाल्यौँ, वन्यजन्तु आहारका लागि गाउँ तथा किसानका खेतीबारीमा पस्न थाले नोक्सानी हामीलाई नै भयो” उहाँले भन्नुभयो, “वन्यजन्तुका बासस्थानको हानी नोक्सानी गर्ने तथा मार्नेलाई कसैले पनि माफी दिनु हुँदैन ।” मन्त्रीले वन्यजन्तु संरक्षण तथा उनीहरुका बासस्थानको जगर्ने र संरक्षणका लागि सरकार गम्भीर रहेको समेत बताउनुभयो ।

वन्यजन्तु संरक्षणका लागि सरकार गम्भीर रहेकाले संरक्षित वन्यजन्तुको चोरी सिकार गर्नेलाई अब नागरिक स्तरबाट पनि कारवाहिका लागि पहल हुनु पर्ने उहाँको भनाइ थियो । यसैगरी मन्त्री आलेले आजै लाङटाङ राष्ट्रिय निकुञ्जले रसुवाको धुञ्चेस्थित पासाङ ल्हामु राजमार्गमा निर्माण गरेको पर्यटन सूचना केन्द्रको समेत उदघाटन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्