माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित


न्युज अफ नेपाल , काठमाडौं ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । आइतबार बिहान पेरिसडाँडामा बस्ने भनिएको बैठक केही स्थायी कमिटी सदस्य उपत्यका बाहिर भएकाले स्थगित भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार नवलपरासी गएका थिए । आइतबार बिहान मात्रै काठमाडौं आइपुगेका छन् ।  माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेको छ ।

आइतबारको बैठकले समर्थन फिर्ता लिने निर्णय गर्ने अनुमान थियो । तर बैठक स्थगित भएको छ । आगामी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न सक्ने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।