क्रसर उद्योगविरुद्ध मोरङको केराबारीका स्थानीय आन्दोलित



हरिहर नेपाल, मोरङ ।

क्रसर उद्योगले अनाधिकृत रुपमा उत्खनन गरेपछि मोरङको केराबारी गाउँपालिका– ८ आमजुङ्गीका स्थानीयबासी पीडीत भएका छन । बस्ती नजिकैको खदम खोलामा निरन्तरको उत्खननका कारण सिंगो बस्तीनै जोखिममा परेपछि स्थानीय पीडित भएका हुन ।

खदम खोलासँग जोडिएको आमजुङ्गी बस्ती सिरानमा महादेव मिनरल इन्ड्रष्टिज र शिवम क्रसर उद्योग छन् । ती उद्योगले खोलाको प्राकृतिक बाधको रुपमा रहेको ढुङ्गागिटीको अनाधिकृत उत्खनन गर्दा पीडित भएका स्थानीयबासी आन्दोलित बनेका छन् । उद्योग सञ्चालकले खोलामा भएको गिटी बालुवा उत्खनन गरिसकेका छन् । खोला धारमा करिब १५ फिट भन्दा गहिरो खाल्डो छ । खोला बाहिरको निजी जग्गामा १० फिट भन्दा गहिरो खनेर उत्खनन गरेपछि आन्दोलित बनेको स्थानीयले बताएका छन ।

बस्ती बगाउने गरी उत्खनन सुरु भएपछि स्थानीयले केही दिनयता प्रदर्शन गरिरहेका स्थानीयले पटक पटक उद्योग सञ्चालकलाई आग्रह गर्दा नमानेका कारण उनिहरु शनिबारयता निरन्तर प्रदर्शन गरिरहेका छन । आइतबार उद्योग अगाडी प्रदर्शन गरेका स्थानीयले केराबारी गाउँपालिकाको कार्यालय पनि घेराउ गरेका छन् । गाउँपालिका अध्यक्ष रोहित कार्कीले भेट्न नमानेपछि पालिकाको कार्यालयमा नाराबाजी गर्दै तोडफोडको प्रयास पनि गरेका छन् ।

उता सो बिषयमा प्रतिक्रिया दिँदै ढुङ्गागिट्टी व्यावसायी भीम पौडेल खोलाबाट ढुङ्गागिटी चोरी गर्न नपाएकाहरुको अगुवाईमा आफ्ना विरुद्ध प्रदर्शन भएको दाबी गर्नुभएको छ । नीजि जग्गा खरिद गरेर आफुले उद्योग सञ्चालन गरेको बताउँदै उहाँले खोलाबाट ढुङ्गागिट्टी निकाल्न नपाएकाहरुको अगुवाईमा आफ्ना विरुद्ध आन्दोलन गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्