श्रीमती हत्या गरेर फरार पक्राउ



इलाम, (नेस) ।

श्रीमतीको हत्या गरेर फरार रहेका एकलाई इलाम प्रहरीले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका–५ का २३ वर्षीय दिनेश तामाङ रहेका छन् ।उनलाईसूर्योदय नगरपालिका–५ सिद्धिखोला र मेचीखोला दोभानस्थित नेपाल–भारतको सीमानाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । तामाङले गत फागुन २ गते आफ्नै श्रीमती १९ वर्षीया गीता तामाङलाई कुटपिट गरी हत्या गरेको प्रहरीको कथन छ ।

घटनापछि उनी फरार रहँदै आएका थिए ।त्यसै गरी, सवारी अंगभंगका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । अदालतबाट दोषी प्रमाणित भएपछि फरार रहेका अभियुक्तलाई फैसला कार्यान्वयन गराउन तथा फरार अभियुक्त पक्राउ अभियानमा जुटेको इलाम प्रहरीले देउमाई नगरपालिका–१ का ३१ वर्षीय दिनेश लामिछानेलाई पक्राउ गरेको हो ।

उनलाई अदालतले ३ वर्ष ११ महिना १० दिन कैद र २५ हजार रुपियाँ जरिवाना तोेकेको थियो । पक्राउ परेका लामिछानेलाई कैद भुक्तानका लागि इलाम कारागार चलान गरिसकेको इलाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्