एनएनआईपीए अवार्डको तयारी पुरा



नेपाल समाचारपत्र, काठमाडौं।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एएनआईपीए) द्वारा आयोजना गर्ने एनएनआईपीए स्पोर्टस् अवार्डको सम्पुर्ण तयारी पुरा भएको छ ।
आयोजक एनएनआईपीएले बिहीबार मध्यपुर थिमीमा भएको पत्रकार सम्मेलनमा सोको जानकारी गराएको हो ।

यस पटक अवार्ड कार्यक्रम मध्यपुर थिमी नगरपालिकाको दुई पोखरीमा आयोजना हुँदैछ । मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले आवश्यक तयारी पुरा भएको बताउनुभयो । श्रेष्ठले दुई पोखरीमध्ये एक पोखरीमा स्टेज तयार गरिएको र त्यसमा अवार्ड कार्यक्रम गरिने बताउनुभयो  एनएनआईपीएको अनुसार हरेक वर्ष अवार्ड सांस्कृतिक स्थलमा आयोजना गरिँदै जाने क्रम रहेको छ । पछिल्ला वर्षहरूमा काठमाडौं, ललितपुर, भक्तपुर टोखामा अवार्ड कार्यक्रम आयोजना गरिएको थियो । यसपटक एनएनआईपीएले थिमीलाई छनोट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्