कोभिड–१९ को सरकारी कार्यशैलीप्रति कांग्रेस रुष्ट



काठमाडौं, (नेस) ।

कोभिड–१९को कुव्यवस्थापन, चरम आर्थिक दुरुपयोग, स्वास्थ्य सामग्री खरिदमा भएको व्यापक भ्रष्टाचारको नेपाली कांग्रेस पार्टीले विरोध गरेको छ । नेपाली कांग्रेसले विज्ञप्ति नै प्रकाशित गरी सरकारको क्रियापलापको विरोध गरेको हो

  विज्ञप्तिमा कोभिड–१९ को कारण गरिएको लकडाउन र निषेधाज्ञाका कारण आर्थिक र सामाजिक क्षेत्रमा भएको व्यापक प्रभावका कारण नागरिकको जीवन अस्तव्यस्त भएको स्थिति सर्वविदित भएको जनाइएको छ । ‘ती प्रभावलाई न्यून गर्न राहत र सहयोगसम्बन्धी कार्ययोजना ल्याउन गरेको कांग्रेसको मागलाई पनि सरकारले बेवास्ता ग¥यो । सरकारले ल्याएको सीमित आर्थिक प्याकेज पनि कागजमा सीमित भए।’ –विज्ञप्तिमा उल्लेख छ ।भ्रष्टाचार र दुरुपयोग गर्नेमाथि सम्बन्धित निकायहरुले कारबाहीको प्रक्रिया अगाडि बढाउन कुनै सक्रियता नदेखाई सरकार यी प्रवृत्तिमा संग्लन व्यक्तिहरुलाई झन् प्रोत्साहित गरिरहेको उल्लेख गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ– ‘सरकारको चरम उदासिनता र लापरबाहीका बाबजुद कोभिड–१९ को प्रभाव समाजमा कम हुँदै गएको देखिए पनि अझै यसको प्रकोप समाप्त भएको छैन ।’

यसमाथि अन्य देशहरुमा देखापरेको गम्भीर प्रकृतिको कोभिड–१९ नेपालमा प्रवेश गर्न सक्ने सम्भावनाप्रति नेपाल सरकार गम्भीर देखिएको छैन । नेपाली कांग्रेस पार्टी कोभिडको नयाँ भेरिएन्ट नेपालमा प्रवेश हुन नदिनका लागि आवश्यक पर्ने सम्पूर्ण उपाय गर्न सरकारसँग माग गर्दछ ।भविष्यमा पनि अन्य देश र संस्थाहरुबाट आउन सक्ने अनुदान खोप सहयोग र आवश्यकताअनुरुप खरिद गरी खोप ल्याउँदा डब्लूएचओको मापदण्ड पूरा गरेका खोपहरुलाई मात्र प्रयोग गर्न अनुमति दिन सरकारसँग माग गर्दै कोभिड–१९ लाई रोक्न आवश्यकताअनुरुप आम नागरिकहरुमा खोप पु¥याउने विस्तृत कार्ययोजना सार्वजनिक गर्न नेपाली कांग्रेसले माग गरेको छ । खोपसम्बन्धी कार्ययोजनामा कुन–कुन स्रोतबाट आवश्यक खोप उपलब्ध हुने हो र ती स्रोतहरुबाट प्राप्त हुने खोप अनुदानमा आउने हो या खरिदबाट प्राप्त गर्नुपर्ने भए त्यसको पारदर्शी खरिद प्रक्रिया बारेमा पनि सरकारले आम जनतालाई विश्वासमा लिनुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्