लाङटाङमामा सातौं महाहन्ट



रसुवा, नेस  ।

लाङटाङ राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको ओसारपोसार नियन्त्रण गरी वन वनस्पति र वन्यजन्तुको संरक्षण गर्न महाहन्ट अप्रेसन सञ्चालन गरिएको छ । फागुन १ गतेदेखि जेठ मसान्तसम्म सञ्चालन हुने अपे्रसमा एक महिना रिङ र बाँकी तीन महिना कोर अपे्रसन हुनेछ ।

प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार अरू तीनवटा अस्थायी पोस्ट स्थापना गरी महाहन्ट सञ्चालन गर्दै रसुवाको फलाखु नुवाकोटको कसेरी सिन्धुपाल्चोक कात्तिकेमा थप अस्थायी पोस्ट स्थापना गरिनेछ ।साल, कटुस, खोटे सल्ला गोबे्र सल्ला, धुपी भोजपत्र, गुराँस, ओखर, खसु्रलगायत सयभन्दा बढी प्रजाति यस निकुञ्जका प्रमुख वनस्पतिहरु हुन् । वन्यजन्तुहरुमा रेडपाण्डा, कस्तुरी मृग, हिउँ चितुवा, ब्वासो, सालक, चरी बाघ, असामी बाँदर, हिमाली कालो भालु आदि पर्दछन् ।

यो निकुञ्ज रसुवा, नुवाकोट र सिन्धुपाल्चोक गरी तीन जिल्लाका १ हजार ७ सय १० वर्गकिलो मिटरमा फैलिएको छ । लाङटाङ उपत्यका गोसाइँकुण्ड दोर्जे लाक्पा पास, मेलम्च्यो घ्याङ, हेलम्बु पाँच पोखरी, तार्केघ्याङफेदी, क्यान्जिङ उपत्यका यस निकुञ्जको प्रमुख स्थल हुन् ।

प्रतिक्रिया दिनुहोस्