डडेल्धुरा कांग्रेसको प्रशिक्षण शाखा गठन



डडेल्धुरा, (नेस) ।

नेपाली काग्रेस डडेल्धुराले मंगलबार प्रशिक्षण शाखा गठन गरेको छ ।नेपाली कांग्रेस डडेल्धुराका उपसभापति तथा प्रशिक्षण शाखा प्रमुख करुणाकर भट्टले मंगलबार १३ सदस्यीय शाखा विस्तार गरेका हुन् । विस्तार गरिएको प्रशिक्षण शाखाको उपप्रमुखमा अधिवक्ता रोहित देउवालाई मनोनित गरिएको छ भने सचिवमा राम धामीलाई मनोनित गरिएको छ ।

यस्तै, सदस्यहरुमा कमला विष्ट, गोकुलबहादुर शाही, सुरेन्द्रसिंह माली, भरत नेपाली, पदमा गुरुङ, प्रेमराज बोहरा, अधिवक्ता चेतराज भट्ट, अधिवक्ता पुष्पराज जोशी, चक्रबहादुर साउद र चक्रबहादुर देउवा रहेका छन् ।नेपाली कांग्रेसको विधान–२०१७ (संशोधन २०७६) तथा नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ३३ को दफा ३ मा गरिएको व्यवस्थाअनुसार प्रशिक्षण शाखा गठन गरिएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।

प्रशिक्षण शाखाले जिल्लाभर पार्टीका नीति, सिद्धान्त र विद्यमान परिस्थितिमा नेपाली कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा जिल्ला र स्थानीयस्तरमा प्रशिक्षण कार्यक्रमहरु नियमितरुपमा सञ्चालन गर्ने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।चाँडै नवगठित प्रशिक्षण शाखाका पदाधिकारीहरुलाई एक औपचारिक कार्यक्रमकाबीच शपथ ग्रहण गराइने नेपाली कांग्रेस डडेल्धुराका कार्यालय सचिव रामबहादुर विष्टले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्