टाउकोमा ढुंगा प्रहार गरी श्रीमतीको हत्या



भद्रपुर, (नेस)
मदिरा सेवनका क्रममा विवाद हुँदा श्रीमान्ले हानेको ढुंगाले श्रीमतीको ज्यान गएको छ । झापा भद्रपुर नगरपालिका–७ बुधकरण टी स्टेटको १० नम्बर क्वाटरमा बसोबास गर्दै आइरहेका अन्दाजी ६० वर्षीय साहिबा उराउले आफ्नै श्रीमती ५७ वर्षीया फूलसीता उराउको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमान् साहिबालाई पक्राउ गरिसकेको डीएसपी राकेश थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार सोमबार दिउँसो ३ बजे श्रीमान्श्रीमती दुवै जना मदिरा सेवन गरी झगडा गरेका थिए ।

झगडाको क्रममा श्रीमान्ले श्रीमतीको टाउकोमा ढुंगा प्रहार गरेका थिए । श्रीमान्को ढुंगा प्रहारबाट गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।त्यहाँ उपचार गराई क्वाटरमा ल्याएपश्चात् उनको मंगलबार बिहान २ बजेतिर मृत्यु भएको थियो । मृत्यु भएको जानकारी तत्काल त्यहाँका स्थानीयले वडा प्रहरी कार्यालय भद्रपुरलाई बिहान करिब ८ बजे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्