पौडेल पक्षीय जिल्ला सभापतिहरुको भेला स्थगित



न्युज अफ नेपाल, काठमाडौं ।

प्रमुख प्रतिपक्षदल नेपाली काग्रेसको वुधबार बस्ने भनिएको जिल्ला सभापतिहरु सहित अगुवा नेताहरुको भेला स्थगित भएको छ । पार्टी विधान र नेपालको संविधान दुवै संकटमा पर्दै गएको भन्दै काग्रेस नेतृत्वको ध्यानाकर्षण गराउन पार्टी केन्द्रिय कार्यालय सानेपामा भोली जिल्ला सभापतिहरु बैठक बस्ने तय गरिएको थियो ।

का‌‌ग्रेसको विधान अनुसार फागुन ७ गते महाधिवेशन गरिसक्नु पर्ने थियो । अब संविधान अनुसार ६ महिना मात्र समयावधि थप्न पाईने छ । प्रधानमन्त्रीले संसद विघटन गरेपछि संविधान समेत संकटमा परेको भन्दै वहस भैरहेको छ । काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुको सोमबार साझ बसेको बैठकले जिल्ला सभापतिहरुले बैठकले भोली केन्द्रिय समिति बैठक आव्हान गरिएकोले जिल्ला सभापतिहरुको बैठक स्थगित गरिएको हो ।

काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिए अनुसार जिल्ला सभापतिहरुको भेलाको महत्वलाई मध्यनजर गर्दै सभापति शेरवहादुर देउवाले भोली केन्द्रिय समिति बैठक आव्हान गरेकोले जिल्ला सभापतिहरुले भेला स्थगित गरेका हुन । काग्रेसको विधान र देशको संविधान संकटमा पर्दै गएको अवस्थामा केन्द्रिय समिति बैठकले नै छलफल गरि आगमी दिशा निर्देश गर्ने अपेक्षा सहित भेला स्थगित गरिएको जिल्ला सभापति आचार्यको भनाई थियो ।

केन्द्रिय समिति बैठकले महाधिवेशन बारे ठोस निर्णय लिने अपेक्षा गरिएको भन्दै पौडेल पक्षिय जिल्ला सभापतिहरुले बताएका छन् । साथै संसदको पुर्नस्थापना की निर्वाचन भन्ने बारेमा पनि काग्रेसले ठोस निर्णय लिनुपर्ने उनिहरुको भनाई छ । काग्रेस सभापति शेरवहादुर देउवाले भने सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेपनि निर्वाचनमा जाने बाटो खोलेपनि काग्रेस स्वीकार गरी अघि बढ्ने बताउदै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्