‘हलिवुड’ लाई ‘हलिबुब’ बनाउनेहरू पक्राउ



एजेन्सी । अमेरिकाको लसएन्जेल्सका प्रहरीले ‘हलिवुड’ को नाम फेरेर ‘हलिबुब’ बनाउने महिला तथा पुरुषहरूको एक समूहलाई गिरफ्तार गरेको छ । विश्वकै चर्चित चलचित्र उद्योग हलिवुडको नाम यसरी केही समय फेर्नुको पछाडि आफूहरूको स्तन क्यान्सर सचेतना सन्देश दिने उद्देश्य रहेको तिनीहरूले बताएका छन् ।

प्रहरीले पाँचजना पुरुष र एकजना महिला हलिवुडको साइन बोर्ड राखिएको पहाड चढेर डब्ल्युको स्थानमा ‘बी’ लेखिएको र अन्त्यमा ‘डी’को स्थानमा पनि ‘बी’ लेखिएको विशाल अक्षर राख्न सफल भएको बताएको छ । यसरी हलिवुडलाई हलिबुब बनाएर पहाडबाट झर्दै गर्दा तिनीहरू पक्राउमा परेका थिए । निषेधित क्षेत्रमा प्रवेश गरेको आरोपमा पक्राउ गरिएका तिनीहरूलाई रिहा पनि गरिसकेको छ ।यस घटनामा संलग्न एक मात्र महिला वयस्कहरूको पत्रिका ‘स्यागम्याग’का संस्थापक तथा कार्यकारिणी अधिकारी जुलिया रोज हुन् । उनले यस प्रान्कका लागि जिम्मेवारी लिएकी छन् । तर, उनले यो कार्य हँसाउने उद्देश्यले मात्र नगरिएको पनि ‘भाइसनाक’ अखबारसामु स्पष्ट पारेकी छन् ।

रोजले यस कार्यको मूल उद्देश्य इन्स्टाग्रामका प्रमुख एडम मोस्सेरीको ध्यानाकर्षण गर्नु रहेको जनाएकी छन् । उनले सो सामाजिक सञ्जाल प्लेटफर्मले हालै मात्र अश्लिलताको कारण जनाउँदै कुल ६० लाख फलोयर भएको आफ्नो निजी र बिजिनेस पेजहरू बन्द गरेको गुनासो गरेकी छन् । उनले झण्डै अर्को विश्वचर्चित वयस्क पत्रिका प्लेब्वाईस“ग मिल्ने आफ्नो पत्रिका अझ प्लेब्वाइको तुलनामा बढी श्लिल रहेको दाबी गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्