लकडाउनले ब्युँतायो सन्तोषको कलाकारिता 



आबुई तपाईं त टिकटकमा देखिने दाइ होइन? तपाईंलाई काँ काँ देख्या जस्तो लाग्छ त । काँ देख्या मैले? दाइसँग एउटा फोटो खिचौं है।
फिल्मकर्मी सन्तोष पौडेलले हिजोआज बाटोघाटो र सपिङ मलमा भेटिनेहरुबाट पाउने गरेका प्रतिक्रिया हुन् यी। एक दर्जन जति फिल्म र भिडियो फिल्ममा मुख्य सहायक निर्देशकका रुपमा काम गरेका पौडेलले छोटा भिडियो बनाई टिकटकमा अपलोड गर्न थालेपछि पाउन थालेका प्रतिक्रिया हुन् यी ।

‘खासमा कोभिड १९ को जोखिमका कारण लगाइएको लकडाउनमा समय बिताउन र अभिनय गर्ने सौख पूरा गर्न टिकटक बनाउन थालेको थिएँ। तर यसबाट राम्रो सकारात्मक प्रतिक्रिया आउन थालेपछि उत्साहित भएको छुु’, पौडेल भन्छन्– ‘मानिसहरुले चिनेर रेस्पोन्स गर्दा असाध्यै खुसी लाग्छ।’सन्तोषमा अभिनयको किरा भित्रबाटै पहिलेदेखि नै थियो। सिनेमामा मुख्य सहायक निर्देशक भएर काम गरे पनि उनमा अभिनय गर्ने लालसा त्यही बेलादेखि पलाएको थियो। ‘पहिला आफूले काम गर्ने बेलामा आफ्नो रुचिअनुसार काम गर्न पाइएन। सोच त पछि आफै फुल फेजको डाइरेक्टर बन्ने थियो। आप्mनो सोचको सिनेमा बनाउँछु भन्ने थियो। पछि त्यसै भयो।

मुख्य सहायक निर्देशकका रुपमा काम त गरिन्थ्यो। तर यसो गर्न पाए हुन्थ्यो। सट साइज यस्तो भए हुन्थ्यो, क्यामराको एंगल यस्तो भए हुन्थ्यो। डाइलग यस्तो भए हुन्थ्यो, यो भूमिकामा यस्तो कलाकार भए हुन्थ्योजस्तो लाग्थ्यो। असाधारण तरिकाले क्यामरा मुभमेन्टहरु गर्न मन लाग्थ्यो। तर मन लागेर मात्र हुँदैन थियो। डाइरेक्टरले भनेजसरी काम गर्नुपथ्र्यो।’ –सन्तोष सम्झिन्छन्। उनको कन्सेप्टमा राजेन्द्र खड्गी, एनबी महर्जनजस्ता त्यती बेलाका चलेका द्वन्द्व निर्देशकहरु खुसी हुन्थे। ‘उहाँहरुले मैले भनेको क्यामरा एंगल र सट साइज राख्नुहुन्थ्यो। मेरो कुरा सुन्नु हुन्थ्यो।’ –सन्तोषले सुनाए।विभिन्न फिल्ममा अभिनयसमेत गरेका सन्तोष टिकटकमा छोठो समयमै जम्ने मध्येमा पर्छन्। गुणस्तरीय भिडियो यसको कारण हो। उनी टिकटकमा राख्ने भन्दैमा सामान्य भिडियो बनाउँदैनन्। कन्सेप्टदेखि क्यामरा सञ्चालन र सम्पादनमा समेत मेहनत गर्छन्।

पारिवारिक र सामाजिक विषयवस्तुमाथि टिकटक निर्माण गर्दै अँएका सन्तोष चित्त नबुझेसम्म टेकमाथि टेक लिन लगाउँ छन्। ध्वनि प्रस्टरुपमा बुझियोस् भनेर डबिङ पनि गर्छन्। अनि सम्पादनमा पनि त्यतिकै ध्यान पुर्‍याउँ छन्। अनि बन्छ लोभलाग्दो भिडियो।
‘टिकटकको छोटो भिडियो मात्र भनेर हुँदैन। निकै मेहनत पर्छ। १५ सेकेन्डदेखि १ मिनेटभित्र कथा बुझाउन सक्नुपर्छ।’ –उनको भनाइ छ।
सन्ताषको टिकटक अकाउन्टमा ५ दर्जन बढी भिडियो छन्। कुनै कुनै भिडियोको भ्युज १ मिलियनसम्म पुग्न लागिसकको छ। उनको भिडियो कति धेरैले हेर्छन् भने साधारण टिकटक प्रयोगकर्तादेखि पत्रकारहरुको मेसेन्जर ग्रुपसम्म सेयर हुन्छ। फ्यान फ्लोइङ त्यस्तैै छ। पारिवारिक विषयवस्तु पस्कने क्रममा सन्तोष बेलाबेलामा पत्नी अमृता पौडेललाई पनि सामेल गराउँ छन्। यसै क्रममा मदिरा पिएर माती घर फर्कंदा पत्नीको प्रहार भेटेको भिडियो उनले बनाएका छन्।

जसको सबैभन्दा बढी भ्युज छ। ‘त्यसले गर्दा मलाई धेरैले चिने। एकजना पाकिस्तानी प्यान त आयरल्यान्डबाट भेट्न आउने भएका छन्। उनी नेपाली बुभ्mदैनन्। मेरो भिडियो हेर्छन्, त्यसमा के भनेको भनेर कल गरेर सोध्छन् अनि त्यस्तै भिडियो बनाएर टिकटकमा राख्छन्’, सन्तोष सुनाउँछन्– ‘यसो गर्दा निकै मज्जा लाग्छ।’ उनले होम प्रडक्सनको ज्वाला र जीवन संघर्ष तथा अन्य ब्यानरका प्रतिज्ञा, मन मन्दिर, मुस्कान, वाचा बन्धन, मुकुण्डोलगायतका दर्जनभन्दा बढी फिल्ममा मुख्य सहायक निर्देशकको जिम्मेवारी सम्हालेका छन्। अहिलेको समयमा भने सिनेमामा काम गर्न सकिने नसकिने उनी यसै भन्न सक्दैनन्।

प्रतिक्रिया दिनुहोस्