संवैधानिक निकायमा नियुक्तिको विरोध



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले संवैधानिक निकायमा नियुक्त भएका विषयमा विरोध गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समूहले संवैधानिक अङ्गका पदाधिकारी र सदस्यको नियुक्ति असंवैधानिक र बलजफ्तीपूर्ण भएको जनाएको छ ।

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायत संवैधानिक निकायमा पदाधिकारीहरु नियुक्त गरेका थिए ।

वर्तमान सरकार प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमपछि स्वतः काम चलाउमा परिणत भएको जनाउँदै नेत्री पम्फा भुसालले यस्तो अवस्थामा मन्त्रिपरिषद्को पुनःगठनलगायत विषय गर्न नपाइने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्