घुरको आगो सल्केर भैँसीगोठ र एक पाडो जले


जलेश्वर । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा भैँसीगोठ र चौपाया जलेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीयवासी बिल्टु साहका भैँसीगोठमा वस्तुभाउ न्यानो पार्नका लागि बालिएको घुरको आगो सल्केर भैँसीगोठ र एक पाडो जलेको हो ।

सो आगलागीमा कुनै मानवीय क्षति नभए पनि गोठ र चौपाया गरी करीब रु दुई लाखको क्षति भएको पीडित बिल्टुले बताउनुभयो । वारुणयन्त्र र अन्य पानी निभाउने साधनका अभावमा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।