माया लुकी लुकीको खुसी



गायिका टीका प्रसाईंले आफ्नो माया लुकी लुकी बोलको सुपरहिट गीतले युट्युबमा दश करोड बढी भ्युजको रेकर्ड बनाएको अवसरमा केक काटेर खुसीयाली मनाएकी छन्।

गायिका प्रसाईंले शनिबार राजधानीको राग रेकर्डिङ स्टुडियोमा आयोजना गरेको कार्यक्रममा माया लुकी लुकीको सम्पूर्ण टिमलाई सम्मानपत्र र खादाले सम्मान गरेकी थिइन्।

समारोहमा माया लुकी लुकीका संगीतकार तथा एरेन्जर आशिष अविरल, गीतकार आनन्द अधिकारी, कार्टुन जक्रेयुज , ध्वनि मिश्रक चन्द्र चौधरी, छायाँकार ज्ञानेन्द्र शर्मा हुमागार्इं, भिडियो सम्पादक प्रवीण श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो। यसै गरी, संगीतकार आशिष अविरल तथा गीतकार आनन्द अधिकारीले गायिका प्रसाईंलाई सम्मान गरेका थिए।

कार्यक्रममा बोल्दै टीकाले गैरफिल्मी गीतले यति धेरै माया पाउँदा आफूलाई निकै खुसी लागेको जनाउँदै माया लुकी लुकीको सफलतामा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई आभार व्यक्त गरिन्। २०५८ सालदेखि गायनमा सक्रिय टीकाको माया लुकी लुकीसँगै नाई मलाई था छैन, कर्के नजरजस्ता गीत हिट छन्।

प्रतिक्रिया दिनुहोस्