कोरोनाविरुद्धको खोप पहिलो दिन ९ हजार ८४ जनाले लगाए


न्युज अफ नेपाल, काठमाडौ ।

आज बुधबार शुरु गरिएको कोरोना बिरुद्धको खोप ६४ जिल्लाका ९३ खोप केन्द्रहरुबाट ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा १ हजार २ सय ५५, प्रदेश २ मा ७ सय २६, बागमती प्रदेशमा २ हजार ६ सय ९४ जनाले खोप लगाएका छन् । त्यसैगरी, गण्डकीमा १ हजार ८ सय ४३, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सुदूरपश्चिम प्रदेशमा १ हजार ८२ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।