भुकम्पले विस्थापित भएका परिवारलाई जग्गा व्यवस्थापन



सरस्वती न्यौपाने , रसुवा । २०७२ को भुकम्पले विस्थापित हुन पुगेका हाकुका बासिन्दाका लागि जग्गा व्यवस्थापन भएपछि सामाजिक परिवर्तन छाएको छ ।साविक को हाक् गा.वि.स. वडा नम्बर आठ र नौ हाल उत्तरगया गाउँपालिका वडा नम्बर एक गोगने, तिरु, मैलुङ, गाउँपालिका परिवारलाई भुगर्भविदको सिफारिस र विस्थापित परिवारको चाहना अनुसार एकिकृत बस्तिका लागि जग्गा अधिग्रहण गरिएको छ ।

जिल्ला पुःन निर्माण प्राधिकरणका अनुसार नम्बर पाँच तल्लो पहिरेबेसिँको खाल्टे इलाका क्षेत्रमा ३७ रोप्नी जग्गा खरिद गर्ने काम सम्पन्न गरिसकिएको बताइएको छ । जग्गा व्यवस्थापन अन्तर्गत एकै ठाउँमा बस्न चाहेका थप ५४ घरपरिवारका विस्थापित लाई समेत त्यसै ठाउँमा २४ रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाइएको छ ।आफ्नो जिवन धान्न सहजता हुन्छ कि भन्दै विस्थापित मध्येका ३७ घरपरिवार नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं ३ खोलेवेसीमा बसोबास गर्छन ।

करिब ६ सय भन्दा बढी विस्थापित परिवार दक्षिणी भेगहरुमा छरिएर बसेका छन । तिमध्ये तीनसय घरपरिबार बेत्रावती र नयाँ पुल बीच त्रिशुली नदीको खाल्टे बगरमा अस्थायी बसोबास गरिरहेका छन ।भने अरु विस्थापित शान्ति बजार लगाएतका ठाउँहरुमा रहेका छन ।

भौगोलिक विकटताको कुना काप्चा बाट विस्थापित भएर मिश्रित बस्तिमा पुगेपछि सरसफाई लगायत पठनपाठन बोलीचाली समेतमा परिवर्तन आई सानोतिनो काम गर्न पाएकोमा दङग रहेकाछन ।पुन निर्माण प्राधिकरणले तल्लो पहिरे डि मा निर्माण गर्न लागेको आवास नजिक सामुहिक हल गुम्बा निर्माण गरिने कार्ययोजना रहेको बताइएको छ ।तिन तिन आनामा बसोबास को आबास निर्माण गर्न चालिएको कदमले विस्थापित परिबारमा खुसी छाएको छ ।

प्रतिक्रिया दिनुहोस्