नेपालमा ‘कोभिसिल्ड’ खोपलाई कारोनाबिरुद्ध प्रयोग गर्न अनुमति



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा कोरोना भाइरसबिरुद्ध कोभिसिल्ड खोप लाई अनुमति दिईएको छ । औषधि व्यवस्था विभागले नेपालमा उक्त खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

यो खोप भारतीय सेरम इनिस्च्युट अफ इण्डिया कम्पनीले उत्पादन गरेको हो । यो खोपलाई भारतमा समेत आपतकालीनका लागि अनुाति प्रदान गरिएको छ । कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्