पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि


न्युज अफ नेपाल, काठमाडौं ।

आज थप जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोे छ । वितेको २४ घण्टामा ५०३२ जनामा कोरोना परीक्षण गर्दा ४०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ । यस्तै २ लाख ६० हजार १७७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।  देशभरका १९४३ जनाकोृ कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४०५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।