प्रेमरसको सांगीतिक बहाव ‘गुम्बेसीकी माई’ सार्वजनिक



काठमाडौं । मायाप्रेमका शब्दगुच्छाले सजाइएको ‘गुम्बेसीकी माई’ नामको म्युजिक भिडियो सार्वजनिक गरिएको छ   ।अन्तै माया लायौ र कतै, अनि मलाई हटायौ मनबाटै । साँचो माया कतै नि लाछैन, तिमी बाहेक कहीँ मन गा छैन ।

केदार न्यौपाने र रिता बरालको सुमधुर स्वर रहेको गीतका शब्दहरुमा यस्तै–यस्तै प्रेमरस भरिएकाले पनि युवायुवतीले ‘गुम्बेसीकी माई’लाई बढी मन पराएको पाइन्छ । त्यस्तै प्रेमको सफलताका लागि नै किन नहोस्, कालिन्चोककी बहिनी मानिएकी गुम्बेसी माईको प्रार्थना गरिएकाले धार्मिक आस्था बोकेका बूढाबूढीहरुसमेत यस म्युजिक भिडियोप्रति आकर्षित हुने देखिन्छ ।

स्मरणीय छ, गुम्बेसी मन्दिर दोलखाको प्रस्तावित संस्कृत ग्राममा पर्दछ ।दर्शक–श्रोताले रुचाएकै कारण दोलखाको कालिन्चोक माई एवं गुम्बेसी माईको दर्शन गर्न जाने सार्वजनिक गाडीहरुमा पनि यो गीत गुञ्जिएको सुनिन्छ । बूढा सुब्बा डिजिटलमार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोकोगीत टिकटकमा समेत लोकप्रिय बनेको छ ।यस म्युजिक भिडियोमा आफ्नो मायाप्रेमलाई दिगो र सफल बनाउन गुम्बेसीकी माईसँग प्रार्थना गरिएको देखाइएको छ ।

गीतको रचना स्वयं गायक केदार न्यौपानेले गरेका हुन् भने संगीत संयोजन रामकृष्ण थापाले गरेका हुन् ।
यस म्युजिक भिडियोमा आयुष्मा कार्की, प्रदीप रोका, दुर्गा केसी र समीर बरालको अभिनय रहेको छ । निर्देशन खमेश श्रेष्ठले र सम्पादन मनोज कार्कीले गरेका हुन् । लुमिनोस पोस्टवर्कले म्युजिक भिडियो निर्माण गरेको हो भने रामकृष्ण कँडेलले छायांकन गरेका हुन् ।
प्रस्तुति : रोहिणी घिमिरे

प्रतिक्रिया दिनुहोस्