पूर्वराजा ज्ञानेन्द्रलाई देशको चिन्ता



काठमाडौं, (नेस)

पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको अवस्थामा देश कसरी जोगाउन सकिन्छ भन्ने चिन्ताले आफूलाई सताएको बताउनुभएको छ ।

नेपाल एकीकरणका महानायक पूर्वबडामहाराजाधिराज पृथ्वीनारायण शाहको २ सय ९९औं जन्मजयन्तीको पूर्वसान्ध्यामा जारी गर्नुभएको सन्देशमा पूर्वराजा शाहले जनचाहानाबमोजिम अघि बढ्नु शाहवंशीय राज परम्पराका विशेषता भएको तथ्य कसैबाट छिपेको छैन, राष्ट्रहितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहाना हुँदा शाहवंशीय राजाले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमानदारिता दर्साएको उल्लेख छ ।

उहाँले अहिले हामीले बेहोरेको राजनीति कति इमानदार र राष्ट्र केन्द्रित छ, कति जनहित अनुकूल छ, त्यसको समीक्षा गर्न विलम्ब गर्न नहुने उल्लेख गर्नुभएको छ ।

परिर्वतनको नाममा इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप भएको महसुस आम नेपालीले गर्नुपरेको उहाँले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्