काठमाडौं ।
छठ पर्वको सार्वजनिक बिदाका दिन पनि राहदानी विभाग खुला रहने भएको छ। सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै विभागले सोमबार (कात्तिक ३० गते) नियमित सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।
राहदानी विभागका महानिर्देशक दीपक विश्वकर्माका अनुसार सोमबार बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म राहदानीसम्बन्धी सेवा प्रदान गरिनेछ।
सार्वजनिक बिदाका कारण सेवाग्राहीलाई राहदानी सेवा लिन असुविधा नहोस् भन्ने उद्देश्यले पर्वका दिन पनि विभाग खुला राख्न लागिएको उनले बताए। यद्यपि, छठ पर्व मनाउने कर्मचारीलाई भने विभागले बिदा दिएको छ।











प्रतिक्रिया