काठमाडौं ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०६ पैसा कायम भएको छ।
त्यस्तै, युरोको बिक्रीदर १६७ रुपैयाँ १० पैसा, पाउन्ड स्टर्लिङको १९९ रुपैयाँ ९५ पैसा र स्वीस फ्र्याङ्कको १८० रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।
यसैगरी, कुवेती दिनारको बिक्रीदर ४८९ रुपैयाँ ६० पैसा, बहराइन दिनारको ४०० रुपैयाँ ६१ पैसा र ओमनी रियालको ३९२ रुपैयाँ ४३ पैसा रहेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैङ्कले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाएको छ।











प्रतिक्रिया