माघ १ गते सार्वजनिक बिदा



काठमाडौं, (नेस)
सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको थियो ।
उक्त कुराको जानकारी आइतबार राष्ट्रिय सभाको बैठकमा सहभागी हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।
माघीको दिनलाई राष्ट्रिय उत्सवका रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको उहाँले बताउनुभयो । जनताको भावना, आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्