नेकपा फुटेर होइन, जुटेर जानेबेला आएको छ : मन्त्री आलेमगर



SONY DSC

विमल विष्ट, डोटी ।

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेमगरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेर भन्दा जुटेर बलियो हुने बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको नेकपा कार्यकर्ता भेला तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताको चाहना तथा अपेक्षा अनुसार देश भरीमा नेकपा पहिलो दल भएको र नागरिकको भावनालाई मध्य नजर गर्दै सबै नेताहरुले एक जुट हुनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जन भावना अनुसार काम गर्नु पर्ने छ, हामी जुट्नुको बिकल्प छैन ।” सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेमगरले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको मिति तोकि सक्नु भएकाले सम्पूर्ण नेकपाका नेता कार्यकर्ताहरु एकजुट भएर निर्वाचनमा होमीएर लाग्नु पर्ने समेत बताउनुभयो ।

यसै गरी मन्त्री आलेमगरले वन मन्त्रालयका कारण देश भरीमा रोकिएका ठूला योजनाका आइए, इआइएका कामहरु अब नरोकिने समेत उद्घोस गर्नु भयो । उहाँले भन्नुभयो, “हामीसँग समय कमछ, निर्वाचनको मिति तोकिएको छ, तर वनका कारण रोकिएका कुनैपनि ठूलो योजनामा अब अरोध हुँने छैन, जनताका विकासका काम सबै पूर्ण हुँने छन् ।” एक छुट्टै प्रशंगमा बोल्नु हुँदै मन्त्री आलेमगरले सम्माननीय प्रधानमन्त्री ज्युले डोटीमा नेकपाको स्थापानकालदेखि पहिलो पटक नेकपाबाट मन्त्री पदको जिम्मेवारी दिनु भएकाले आफुले जिम्मेवारीमा रहदा सम्म कुनैपनि आच आउने काम नगर्ने तथा आफ्ना कारणले प्रधानमन्त्री सहित अन्य नागरिकको सिर झुकाउने काम कहिले नगर्ने बचन बद्धता समेत व्यक्ति गर्नु भयो ।

यसैगरी मन्त्री आलेमगरले घरमा फुट गरेर बाहिर निस्किनु आफैमा राम्रो नभएकाले फुट गरेर सडकमा जानु भएका नेकपाका नेताहरुलाई पार्टीमै पुनः फर्किएर एक ढिक्का भएर लाग्न समेत आग्रह गर्नु भयो । उहाँले थप भन्नुभयो, “घरमा फुट गरेर कसैलाई फाइदा छैन, बरु आउनुस, सँगै बसेर बर्ता गरौ, एक ढिक्का भएर लागे कसैले हामीलाई हराउन सक्दैन् ।” वन तथा वातावरण मन्त्री आलेमगरले सुदूरपश्चिम क्षेत्रको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ ।

“सुदूरपश्चिम प्रदेशका एकै साथ चार जना मन्त्री भएका छौँ, चारैजना मिलेर यहाँको विकास गर्ने छौँ, उहाँले भन्नुभयो, “सुदूरपश्चिमका पर्यटन, सडक, वनदेखि अन्य सबै खालका विकास हामी मिलेर गर्छौँ, आसा गर्नुस, जनताका अधिकाँस योजना पुरा हुने छन् ।” पार्टी फुट्यो भनेर निरासा हुनु भन्दा बरु नेताहरुलाई एक ढिक्का भएर कसरी लैजाने भन्ने विषयमा बढी फोकस भएर परिचालन हुँन समेत मन्त्री आलेमगरले सबै नेता तथा कार्यकर्तामा आग्रह गर्नु भएको छ । उहाँले भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओलीले लिनु भएको दृढ संङ्कल्प अनुसार सबै नेता, कार्यकर्ताले चल्नु जरुरी छ, गुट उपगुटको पछि लागेर होइन, पार्टी एक ढिक्का गराउन तिर परिचालन हुनोस ।” पार्टीमा खटपट भएर आन्दोलनमा उत्रिएका नेता, कार्यकर्तालाई समेत आगामी वैशाखमा तोकिएको निर्वाचन सहभागि हुँन मन्त्री आलेमगरले आह्वान गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्