न्युज अफ नेपाल, काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर थप ४२६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, आज थप ७४८ जना डिस्चार्ज भएसँगै कोरोना म्क्त हुनेको संख्या २ लाख ५३ हजार १०७ पुगेको छ । नेपालमा कोरोना निको हुने प्रतिशत ९६.९ रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ४८ रहेको छ ।
त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८६४ पुगेको छ । हाल ३६७ जना क्वारेन्टाइनमा रहेका छन् भन ६ हजार ४८ जना आइसोलेसनमा रहेका छन् ।











प्रतिक्रिया