कुलेश्वर आवासमा नयाँ कार्यसमिति



काठमाडौं, (नेस)
कुलेश्वर आवास परिवार कल्याण संस्थाको नयाँ कार्य समिति हालै गठन भयो । उक्त कार्य समितिमा अध्यक्ष राजु दाहाल शर्मा, उपाध्यक्ष क्रमशः घनश्याम गौतम, मदन श्रेष्ठ, रामराज पन्त, गिरिन्द्रराज घिमिरे, सचिवमा उमा श्रेष्ठ पोखरेल, कोषाध्यक्ष त्रिलोचनप्रसाद जोशी, सहसचिव रामचन्द्र श्रेष्ठ, सदस्यहरु कल्पना श्रेष्ठ, उमा साँगाछे, धमेन्द्र अग्रवाल, रामेश्वर श्रेष्ठ, रस्मिला श्रेष्ठ, विद्यालक्ष्मी श्रेष्ठ, विमला अमात्य, मेनुका काफ्ले, निर्विरोध निर्वाचित हुनुभएको छ ।

नवगठित कार्यसमितिलाई एक समारोहका बीच निर्वाचन समितिका संयोजक वेणिमाधव ज्ञवालीबाट शपथ ग्रहणको साथै सफलताको कामनासमेत गर्नुभएको थियो । उक्त अवसरमा शुभकामना व्यक्त गर्नुहुने महानुभावहरुमा पूर्वसूचना आयुक्त कृष्णहरि बाँस्कोटा, पूर्वसचिव विजयराज भट्टराई, समाजसेवी पञ्चकुमारी मानन्धर, समाजसेवी हरिओम मानन्धर, उद्योगपति तथा समाजसेवी पवन अग्रवालसमेत हुनुहुन्थ्यो ।

नवनिर्वाचित अध्यक्ष राजु दाहाल शर्माले सबैको सुझावअनुसार कुलेश्वर आवास विकास कार्यमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्थाका निर्वतमान अध्यक्ष लोकनाथ पोखरेलले नयाँ कार्यसमितिलाई शुभकामनासहित पद हस्तान्तरण गर्नुको साथै संस्थाले विगतमा गरेका कार्यहरुको संक्षिप्त जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्