काठमाडौं ।
अमेरिकामा दूरसञ्चार प्रणालीमा आएको अवरोधका कारण घण्टौँसम्म रोकिएका आन्तरिक उडान पुनः सञ्चालनमा आएका छन्। तर उडान ढिलाइ र रद्द हुने क्रम भने अझै जारी रहेको छ।
अमेरिकी यातायात सचिव सिन डफीले पुरानो हवाई ट्राफिक नियन्त्रण प्रविधि र अत्यधिक भारका कारण राउटरमा समस्या आएको बताएका छन्। उनले प्रणाली स्तरोन्नतिका लागि बजेट उपलब्ध गराउन कंग्रेसलाई आग्रह गर्दै प्रविधि सुधार नभएसम्म यस्ता अवरोध दोहोरिन सक्ने चेतावनी दिएका छन्।
गृह सुरक्षा सचिव मार्कवेन मुलिनले उक्त अवरोध अमेरिकामाथिको कुनै सुरक्षा खतराका कारण नभएको र यस हप्ताको माइक्रोसफ्ट प्रणाली अवरोधसँग पनि सम्बन्धित नरहेको स्पष्ट पारेका छन्।
डेटा फर्म सिरियमका अनुसार उडान रद्द तथा अवरोधका कारण करिब १५ लाख यात्रु प्रभावित भएका छन्। चार घण्टाभन्दा बढी समय चलेको ग्राउन्ड स्टपपछि उडान सञ्चालनमा आए पनि हवाई सेवा पूर्ण रूपमा सामान्य हुन समय लाग्ने अधिकारीहरूले बताएका छन्।











प्रतिक्रिया