विनाअप्रेसन पाँच केजीको बच्चा जन्मियो



रसुवा, (नेस)

जिल्ला अस्पताल धुन्चेमा पहिलोपटक साधारण तरिकाले पाँच केजीको बच्चा जन्मिएको छ ।

पुस ९ गते बिहीबार बिहान ३ बजेर ३७ मिनेटमा गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चेकी २८ वर्षीया दावा तामाङले विनाअप्रेसन पाँच केजीको स्वस्थ बच्चा जन्माउनुभएको अस्पतालकी नर्स आरती सिग्देलले जानकारी दिनुभयो ।

यसअघि ५ किलो बच्चा नजन्मिएको अस्पतालले बताएको छ । जिल्ला अस्पतालले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेकोे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्