महेश बस्नेतको धम्की : ‘पेरिस डाडाँमा आगो लगाइ दिन्छौँ’


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्माओली पक्षका नेता महेश बस्नेतले प्रचण्ड निकट (नेकपा) पार्टी कार्यालय पेरिस डाडाँमा आगो लगाइ दिने धम्की दिएका छन् ।

शनिबार ललितपुर क्षेत्र नम्बर १ को ओली पक्षीय कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले भने , ‘हामी पेरिस डाँडाको पार्टी कार्यालयमा आँखा लगाउँदैनौं । प्रचण्ड पक्षले पनि बल्खु र धुम्बाराहीमा आँखा लगाउन खोजेमा युवाहरुले पेरिस डाँडाको पार्टी कार्यालयमा आगो लगाइदिन्छन् ।’

उनले माधव नेपाल र झलनाथ खनाललाई समेत बिभिन्न पदको लोभ देखाएर फसाइएको आरोप लगाएका छन् । बस्नेतले धुम्बाराही र बल्खुमा आफूहरुको अधिकार रहेकाले दाबी नगर्न चेतावनी पनि दिए । उनले सूर्य चिन्हमा पनि हक दाबी नगर्न भनेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।