ओली समूहलाई तनहुँमा जमानत जोगाएर देखाउन अध्यक्ष अधिकारीको चुनौती



न्युज अफ नेपाल, दमौली ।

स्कुल अफ डेमोक्रेसी तनहुँका अध्यक्ष डम्बर अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरका नेताहरुलाई तनहुँमा जमानत जोगाएर देखाउन चुनौती दिएका छन् ।

तनहुँ लोकततन्त्रमा आस्था राख्ने लोकतन्त्रवादीहरुको किल्ला भएको स्मरण गराउँदै अधिकारीले प्रधानमन्त्री केपी ओली र ओली पक्षधरका नेताहरुलाई त्यस किसिमको चुनौती दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र ओली समूहका केन्द्रीय सदस्य काग्रेस नेता चुनाव देखि डराएर भागेको आरोप लगाई रहेको अवस्थामा नेपाली काग्रेस व्यास नगर समितिका सह–सचिव समेत रहेका युवा नेता समेत रहेका अधिकारीले उनीहरुलाई त्यस किसिमको चेतावनी दिएका हुन् ।

स्कुल अफ डेमोक्रेसी तनहुँका अध्यक्ष अधिकारीले संसद विघटनको विरुद्धमा काग्रेसले पुस १३ गते आव्हान गरेको विरोध सभामा शान्तिपूर्ण रुपमा सहभागी हुन समेत सम्पूर्ण लोकतन्त्रवादीहरुलाई आव्हान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्