मेस्सीले पेलेको रेकर्ड तोडेर ६६४ औँ गोल बनाए



काठमाडौं ।

अजेन्टिनी खेलाडी लियोनस मेस्सीले बार्सिलोनाको लागि ६६४ औँ गोलको नयाँ रेकर्ड बनाएका छन् ।उनी योसँगै एक क्लबको लागि सबै भन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । मेसीले गोलको लागि पेलेको रेकर्ड तोडेका छन् ।

मंगलबार रियल भालाडोलिडको लागि खेलका दोस्रो हाफमा उनले ६६४ औँ गोल गरेर ब्रालिजको खेलाडी पेलेको रेकर्ड तोडेका हुन् ।यस खेलमा बार्सिलोनाले तीन शुन्यतामा जित हासिल गर्यो । शनिबारको भ्यालेन्सिया विरुद्धको खेलमा मेस्सीले पेलेको बराबरको गोल गरेका थिए ।

यो खेल दुई खेलको बराबरीमा सक्किएको थियो । ३३ वर्षीय मेस्सीले आफ्नो करियरको सुरुवातदेखि बार्सिलोनाको लागि खेलिरहेका छन् । आजसम्म उनले ७४९ खेल खेलिसेका छन् । उनले प्रत्येक १.१६ खेलमा एक गोल औसत बनाएका छन् ।त्यस्तै ब्राजिलका पेलेले सेन्टोसको लागि ७५७ खेल खेलेका छन् । उनले ६६३ गोल बनाएका छन् । पेलेले सन् १९५७ देखि १९९७४ सम्म सेन्टोस क्लबो लागि खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्