मेसीलाई सातौं पटक पिचिची अवार्ड



लन्डन, (एजेन्सी)

स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार लिओनल मेसीले सातौं पटक पिचिची अवार्ड जितेका छन् । मंगलबार राति एक समारोहबीच मेसीलाई सिजन २०१९–२० को पिचिची अवार्ड प्रदान गरिएको हो । पिचिची अवार्ड हरेक सिजन ला लिगाको सर्वाधिक गोलकर्ताले पाउने अवार्ड हो ।

यससँगै मेसी यो अवार्ड सबैभन्दा धेरै सातौंपटक जित्ने एक मात्रै खेलाडी बनेका छन् । यसअघि तेल्मो जर्रा र मेसीका नाममा संयुक्त रूपमा ६–६ पटक थियो । मेसीले गत सिजन ला लिगामा कूल २५ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए ।

तर, गत सिजन मेसी लिगको सर्वाधिक गोलकर्ता बनेपछि उनले जर्रालाई पछि पार्दै कीर्तिमानी सातौं पटक पिचिची अवार्ड जित्न सफल भएका छन् । सन् २००४ देखि लगातार ला लिगा खेल्दै आएका मेसीले यो अवार्ड पहिलो पटक सिजन २००९–१० मा जितेका थिए ।

गत सिजन बार्सिलोनाले ला लिगा जित्न नसके पनि मेसीले भने लिगमा सबैभन्दा धेरै २५ गोल गरेका थिए । मेसीले हालसम्म पिचिची अवार्ड जितेका सिजन :

सिजन
२००९/१० – ३४ गोल
२०११/१२ – ५० गोल
२०१२/१३ – ४६ गोल
२०१६/१७ – ३७ गोल
२०१७/१८ – ३४ गोल
२०१८/१९ – ३६ गोल
२०१९/२० – २५ गोल

प्रतिक्रिया दिनुहोस्