प्रचण्ड-माधव समूहको भेला पेरिस डाडाँमा, प्रधानमन्त्रीबिरुद्ध कठोर कदम चाल्न सक्ने आँकलन


न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेश १ का अध्यक्ष र सचिवहरूको भेला बोलाएको छ । पार्टीमा विवाद बढ्दै गएपछि प्रदेश १ का १४ जिल्लाका आफू पक्षका अध्यक्ष र सचिवलाई काठमाडौं बोलाइएको हो ।

पेरिसडाँडामा आयोजित भेलामा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले पार्टीभित्रको वर्तमान परिस्थितिबारे ब्रिफिङ्ग गर्ने बताइएको छ । सबै प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुलाई क्रमशः काठमाडौं बोलाउने बताइएको छ । प्रदेश कमिटीले जिल्ला अध्यक्ष र सचिवलाई काठमाडौं भेलाको पत्र काटेका बताइएको छ। पार्टी भित्रको आन्तरिक विवाद र अवस्थाका विषयमा जानकारी गराउन भेला डाकिएको बताइएको छ।

संबैधानिक अध्यादेश प्रकरणमा प्रधानमन्त्री ओलीको शंकास्पद भूमिकाले प्रचण्ड नेपाल पक्ष सशंकित बनेको छ । अन्य पार्टीभित्रका आन्तरिक बिवाद तथा पछिल्लो राजनितीक परिस्थितिका कारण केही कठोर कदम चाल्न सक्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।