पूर्वक्रिकेटर एरिकको निधन



Eric Freeman – Cricketer

लन्डन, (एजेन्सी)  ।

अस्ट्रेलियाली क्रिकेटका पूर्व टेस्ट अलराउन्डर एरिक फ्रिम्यानको निधन भएको छ  ।

अघिल्लो साता हृदयाघात भएपछि क्विन एलिजाबेथ अस्पतालमा भर्ना गरिएका फ्रीम्यानको उपचारका क्रममा निधन भएको हो । फ्रीम्यानको ७६ वर्षको उमेरमा निधन भएको हो । अस्ट्रेलियाली टिमका दायाँहाते मिडियम पेस बलिङ अलराउन्डर फ्रीम्यानले सन् १९६८ मा भारतविरुद्धको म्याचबाट डेब्यु गरेका थिए ।

उनले अस्ट्रेलियाका लागि ११ टेस्ट खेलेका थिए । फ्रीम्यान सन् २००२ मा अनर अफ अस्ट्रेलियाबाट पनि सम्मानित भएका थिए । उनलाई क्रिकेट प्रशासक र कमेन्टेटरको रूपमा उल्लेखनीय योगदान गरेबापत सम्मान गरिएको थियो । उनको निधनमा क्रिकेट अस्ट्रेलियाले शोक व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्