हात्तीगौंडालाई उपाधि



हेटौंडा, (नेस) ।

सक्षम युवा क्लब हेटौंडा–१९, नेवारपानीको आयोजनामा सञ्चालन भएको तेस्रो नेवारपानी कप खुला फुटबल प्रतियोगिताको उपाधि हात्तीगौंडा क्लब पदमपोखरीले जितेको छ । फाइनल भिडन्तमा भीमफेदी एफसीलाई १–० गोलअन्तरले हराउँदै हात्तीगौंडाले उपाधि जितेको हो ।

हात्तीगौंडालाई जिताउने क्रममा विकास लामाले गरेको गोल निर्णायक बन्यो । प्रतियोगिताको विजेता बनेको हात्तीगौंडाले ४० हजार रुपियाँ प्राप्त गर्दा भीमफेदी २० हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भएको छ ।

प्रतियोगितामा हात्तीगौंडाका सन्तोष महत उत्कृष्ट गोलरक्षक, सक्षम युवा क्लबका सांगे लामा उत्कृष्ट डिफेन्डर, हात्तीगौंडाका विकास लामा उत्कृष्ट मिडफिल्डर र हात्तीगौंडाकै संजोग महर्जन उत्कृष्ट स्टाइकर भए । सक्षम युवा क्लबका कृषल मोक्तान सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

प्रतिक्रिया दिनुहोस्