हेटौंडाको मुण्डियाललाई सिरहामा उपाधि



हेटौंडा, (नेस)

हेटौंडाको एफसी मुण्डियालले सिरहामा भएको राष्ट्रपति आमन्त्रित उपमेयर प्रशिक्षणात्मक प्रतियोगिताको उपाधि जितेको छ ।

कर्जन्हा नगरपालिका वडा–२, बन्दीपुरको मैदानमा भएको फाइनलमा मुण्डियालले चर्च ब्वाइज युनाइटेडलाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

पहिलो हाफमा रवि थिङले गोल गर्दै मुन्डियाललाई १–० अग्रता दिलाएका थिए । दोस्रो हाफमा अफ्रिकी खेलाडी हमजद होसिउले थप १ गोल गर्दै मुण्डियाललाई सहज जित दिलाए ।

उपाधि जितेको मुण्डियालले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ र उपविजेता चर्च ब्वाइजले एक लाख ११ हजार १ सय ११ रुपैयाँ जितेका थिए ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी मुण्डियालका डिफेन्डर जनक कार्की, उत्कृष्ट गोलरक्षक मुण्डियालकै अनीश देउला घोषित भए भने फाइनल खेलको ‘म्यान अफ दी म्याच’ पनि एफसी मुण्डियालकै थिङ भए ।

 

प्रतिक्रिया दिनुहोस्