बुटवलमा गोली चल्यो, एक घाईते



बुटवल ।

बुटवलको सुख्खानगरमा आज बिहान गोली चलेको छ । बुटवल उपमहानगरपालिका– ८ सुख्खानगर स्थित कलस होटलमा गोली चलेको प्रहरीलेजानकारी दिएको छ ।

गैडाको खाग तस्करीमा सम्लग्न समूह बसेको सूचनाको आधारमा त्यहां पुगेको प्रहरी टोलीलाई खाग तस्करले पिस्तोल खोसेर प्रहार गर्न खोज्दा गोली प्रहाराट तस्कर समूहकै एकजना घाईते भएका थिए ।

कलश होटलमा गोली चलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनाराण थापाले जानकारी दिएका छन ।

घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ । घाईतेको चिउडोमा गोली लागेको बताईएको छ । प्रहरीका अनुसार प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ भने एकजना प्रहरी घेरा तोडेर भागेकाछन् ।

प्रतिक्रिया दिनुहोस्