नेकपा कुनै हालतमा फुट्दैन : मुख्यमन्त्री भट्ट



?????????????????????????????????????????????????????????

विमल विष्ट, डोटी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जस्तोसुकै परिस्थितिमा पनि नफुट्ने दाबी गर्नुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डोटीले जिल्लाको दिपायलमा मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री भट्टले जुनसुकै शक्ति लागे पनि नेकपा नफुट्ने बरु थप मजबुत भएर जाने बताउनुभयो । उहाँले भन्नुभयो– ‘अहिले चलिरहेको बहसले पार्टी नफुट्ने बरु थप सशक्त तथा एक ढिक्का भएर जानेछ ।’ उहाँले पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गर्नुभयो ।
अहिले पार्टीभित्रको विवादका विषयमा छलफल र बहस भइरहेकाले पार्टी फुटिहाल्ने कुरा गर्नु गलत भएको बताउँदै उहाँले पार्टीमा बहस हुँदैमा पार्टी विभाजन भइहाल्छ भन्ने प्रचार गर्नु गलत भएको बताउनुभयो । प्रतिपक्ष तथा सरकार ढलाउन खोज्ने कुतŒवहरुले अहिले सरकार फेर बदल हुने तथा कम्युनिस्टहरुको एकता टुट्दै छ भन्ने हल्ला फिँजाएको र त्यस्ता हल्लाका पछि नलाग्नसमेत उहाँले आग्रह गर्नुभयो ।
सोही कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व संघीय सांसद हर्कबहादुर सिंहले कम्युनिस्ट पार्टीको एकता भङ्ग गराउन अन्यत्रबाट षड्यन्त्र भइरहेकाले त्यो षड्यन्त्र कुनै हालतमा सफल नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेकपाले गरेको विकासका काम सहन गर्न नसकेर पार्टी एकता विभाजन गराउन खोज्नेहरूले षड्यन्त्र गरेका छन्, उनीहरुको योजना कुनै हालतमा सफल हुने छैन ।’

प्रतिक्रिया दिनुहोस्