वालिङ नगर प्रमुख खाँणलाई मातृशोक



भूपराज बस्याल, स्याङ्जा

वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणलाई मातृशोक परेको छ ।

खाँणकी आमा फूलकुमारी खाँणको मंगलबार ८६ वर्षको उमेरमा वालिङ ८ स्थित घरमा नै निधन भएको हो ।

वि.सं. २०१५ सालमा सांसद बन्नुभएका स्वर्गीय यामबहादुर खाँणकी धर्मपत्नी स्वर्गीय खाँणको आज बिहान रामनदीधाम राम्दीमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

पाँच छोरा तथा एक छोरीकी आमा स्वर्गीय खाँणलाई कुनैपनि दीर्घरोग नरहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्